सरकारले विश्वासको मत पाउँछ : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सरकारले विश्वासको मत पाउँछ : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसका सभापति देउवाको नेतृत्वमा गठित सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने र बाँकी कार्यकाल देउवाको नेतृत्वमा सरकार चल्ने बताउनुभयो ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–४ को नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले जनता र देश ठूलो हो भन्ने सोचका साथ सरकार सञ्चालन गरिने बताउनुभयो । “नेकपा एमालेको आन्तरिक झगडाका कारण शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको हो, देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ,” भण्डारीले भन्नुभयो । काङ्ग्रेस विगतमा गरेका कमजोरी सुधार्दै अगाडी बड्ने भण्डारीको भनाई थियो । गत निर्वाचनमा सङ्घ र प्रदेशमा काङ्ग्रेस पराजित हुँदा तनहुँमा विकास निर्माणको काम प्रभावित भएको भण्डारीले आरोप लगाउनुभयो ।

    गाउँपालिकाका वडालाई पूर्वाधारयुक्त बनाउने उद्देशय सहित गत वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु भएको थियो । रु ५२ लाख ४२ हजारमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलका अनुसार वडा नम्बर १ र ५ को भवन यसअगाडी नै सम्पन्न भइसकेको छ । साथै गाउँपालिकाले बुधबारदेखि नै बहुउद्देश्यीय भवन पनि निर्माण शुरु गरेको छ ।