पोखराका मेयरलाई मस्तिष्कघात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराका मेयरलाई मस्तिष्कघात

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, शुक्रबार

    पोखरा : पोखराका मेयर मानबहादुर जिसीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । 

    थप उपचारका लागि मेयर जिसीलाई काठमाडौं लगिएको प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । १० बजे बिहान एभरेस्ट हेलिकोप्टरमार्फत जिसीलाई काठमाडौं लगिएको हो । 

    उहॉका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिनुभयो । 

    काठमाडौं बाँसबारीस्थित स्नायु(न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।