तनहुँ : व्यास नगरपालिका-३ बीसघरेस्थित पुलमा अलपत्र एक किशोरलाई आफन्तको जिम्मा लगाउएको छ। नवलपुर देवचुली नगरपालिका-१६ बस्ने १३ वर्षीय कृष्ण विकलाई बीसघरेस्थित पुलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
किशोरलाई निजका बुबा सिद्धबहादुर विकको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।