तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँबाट कैद र जरीवाना तोकिएका प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा बन्दीपुर गाउँपालिका–४ सानोडुम्रे बस्ने २३ वर्षीय अनिश थापा पक्राउ परेका छन् । निजलाई जिल्ला अदालत तनहुँले विसं २०७७ फागुन १२ गते दुई महिना कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
त्यस्तै वैदेशिक रोजगार मुद्दामा विगत तीन वर्षदेखि फरार रहेकी एक, सम्बन्ध बिच्छेद मुद्दामा विगत चार वर्षदेखि फरार एक, सार्वजकि अपराध मुद्दामा विगत पाँच वर्षदेखि फरार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आजै अदालत दाखिला गरिएको छ ।
प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ ।