काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि आज पहिलोपटक दुवै सदनको बैठक बस्दैछ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउसो ४ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि राष्ट्रपतिले आजको लागि बैठक आव्हान गरेकी हुन्।यस्तै,गत असार १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको आठौं अधिवेसन असार २८ गते अन्त्य गरिएपनि सरकार फेरिएपछि राष्ट्रपतिबाट बैठक आव्हान भएको हो।