कोरोना सङ्क्रमण: शुक्लागण्डकीका एकको मृत्यु, १५ थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण: शुक्लागण्डकीका एकको मृत्यु, १५ थपिए

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७८, आईतवार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकीकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

    शुक्लागण्डकी-१२ की ५० वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा शनिबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीमा साउन १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    ८७ को परीक्षण, १५ सङ्क्रमित

    पछिल्लो २४ घण्टामा तनहुँमा १५ कोरोना सङ्क्रमित थपिएका छन् । ८६ जनामा परीक्षण गरिएकामा ७ महिला र ८ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।