व्यास नगरपालिकाका १८ कर्मचारीको बढुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाका १८ कर्मचारीको बढुवा

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७८, आईतवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाका १८ जना कर्मचारीको बढुवा भएको छ । नगरपालिकामा कार्यरत १८ अधिकृतको स्तरवृद्धि सहित बढुवा भएको हो ।

    सातौ तहबाट आठौ तहको अधिकृतमा राजेन्द्र कार्की र कुमारकञ्चन जिसीको बढुवा भएकाे छ । छैटौबाट सातौ तहको अधिकृतमा मेघराज आचार्य, गोकर्णराज वाग्ले, रविन्द्रलाल मूल, कृष्णराज घिमिरे र रामचन्द्र हड्खलेको बढुवा भएको छ । त्यस्तै सहायक स्तर पाँचौबाट अधिकृतस्तर छैटोमा भेषराज तिवारी, विनोद गौतम, व्यास–५ का वडा सचिव विश्व पौडेलको बढुवा भएको नगरपालिकाले जनाएको छ । त्यस्तै चौथोबाट पाँचौ स्तरमा व्यास–१३ का सचिव विष्णु जोशी, यमप्रसाद पौडेल र तिलकुमारी शाहीको बढुवा भएको छ ।

    नगरपालिकाले ३५ औं नगरसभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको थियो ।