तनहुँ : नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठले संसद जोगाउनका लागि आफूले विश्वासको मत दिएको बताएका छन् । श्रेष्ठले जनताको मतको अवमूल्यन गर्न नसकेको भन्दै विश्वासको मत दिएको प्रतिक्रिया दिएका छन् ।
‘सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता हो। सर्वोच्चको फैसलाको सम्मानका लागि पनि संसद जोगाउनु पर्थ्यो,’ श्रेष्ठले भने,‘मलाई तनहुँका जनताले पाँच वर्षका लागि सांसद जिताएर पठाएका हुन्। स्थायी सांसद र स्थायी सरकार भनेर पठाएका हुन्। जनताको मतको अवमूल्यन गर्न सकिनँ। मैले कांग्रेसलाई मत हालेको होइन, संसद जोगाउनलाई भोट हालेको हो।’ (सेतोपाटीबाट)