अन्तरविरोधलाई स्वागत गरौ, अन्तरघातलाई घृणा : सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तरविरोधलाई स्वागत गरौ, अन्तरघातलाई घृणा : सिग्देल

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७८, सोमबार

    तनहुँ : नेकपा एमाले तनहुँका अध्यक्ष एवं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले दुई/चार फूल कुहिएपनि वृक्ष नढल्ने बताएका छन् । आइतबार संसदमा विश्वासको मत दिने क्रममा एमालेकै सांसदबाट फ्लोरक्रस भएपछि सिग्देलले अन्तरविरोधलाई स्वागत गर्दै अन्तरघातलाई घृणा गर्नुपर्ने बताए ।

    नेकपा एमाले विगतका ठूल्ठूला धोखा र षडयन्त्रलाई पछार्दै विकास भएको पार्टी भएको उल्लेख गर्दै सिग्देलले भने, “अहिले फेरि एकपटक चुनौती खडा भएको छ । अप्ठ्यारोमा भाग्नेबाट होइन सतिसाल भै उभिनेको धैर्यता, मिहीनेत र साहसले यसको सामना गर्ने छौं ।”

    सिग्देलले पहेलोँ बस्त्रधारी सबै तपस्वी नहुने भन्दै बादल लाग्दैमा सूर्य नडुब्ने पनि बताए ।