


काठमाडौ: प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव गरेका हुन्।
ओलीले उक्त प्रस्ताव गरेपछि आजै कारबाही गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूको हुटिङ गरेका छन्। अहिले बैठक जारी छ।
आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।
यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए।
केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका थिए।
माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका थिए।
हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका थिए। यी सबै यसअघि ओली पक्षका सांसद हुन्। उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।
देउवालाई विश्वासको मत एमाले सांसद :