पहिरोले खानेपानी ट्याङ्की बगाएपछि जनजीवन नै अस्तव्यस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरोले खानेपानी ट्याङ्की बगाएपछि जनजीवन नै अस्तव्यस्त

    विवि श्रेष्ठ

    ३ श्रावण २०७८, सोमबार


    तनहुँ : व्यास नगरपालिका-१४ मा रहेको डुम्रैवेशी कुलुङ्ग खानेपानी पहिरोले बगाउँदा स्थानीय जनता खानेपानीबाट वञ्चित भएका छन् । गत असार १७ गतेको पहिरोले खानेपानीको ट्याङ्की र त्यससँग सम्बन्धित उपकरण बगाएपछि कुलुङ्ग आसपासका स्थानीय खानेपानीबाट वञ्चित भएका हुन् ।

    विसं २०७१ सालमा नेपाल सरकारको ६८ लाखको लगानी र जनश्रमदानबाट बनेको डुम्रैवेशी कुलुङ्ग खानेपानी ट्याङ्कीको लिफिटिङ्गमा आवश्यक पर्ने उपकरण र विद्युतीय समाग्री, पानी जम्मा गर्ने ईनटेन्क, फिल्टर सिस्टम, पानी लिफिटिङ्ग गर्नका लागि प्रयोग भएको विद्युतीय पोल समेत बगाउँदा लामो समयदेखि स्थानीयले खानेपानी प्रयोग गर्न नपाएको संस्थाका अध्यक्ष तर बहादुर थापाले बताए ।

    “खानेपानी योजनामा पहिरोका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट दुई लाख पचास हजार र व्यास नगरपालिकाबाट ५ लाख विनियोजन गरि मुचुल्का समेत बनाइसकेका छौ,” व्यास-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले भने ।

    एकातर्फी लामो पहिरो, त्यसमाथि बाटो समेत बगाएको हुँदा त्यहाँ गएर तत्काल काम गर्न नसकेको उनले बताए । मौसममा सुधार हुनेवित्तिकै तत्कालका लागि खानेपानीको व्यवस्थापन गर्ने उनले बताए ।

    ७० घरधुरीले खानेपानीको मुहान र पानी नै अवरुद्ध हुँदा दैनिकी जीवन नै असहज भएको संस्थाका अध्यक्ष थापाले बताए । “खानेपानीका समस्या भएपछि घण्टौ लगाएर टाढाको कुवाबाट पानी लिन गएका छौ, जसले गर्दा दैनिकी नै खानेपानीको गुजारा गर्नमा बित्छ,” उनले भने ।