भोर्लेटारचोकबाट लागुऔषध सहित समातिए दुई युवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोर्लेटारचोकबाट लागुऔषध सहित समातिए दुई युवा

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    दमाैली : तनहुँको दमौलीस्थित भोर्लेटारचोकबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् । राजमार्गमा खटिएको प्रहरी टोलीले मङ्गलबार पर्वतको कुश्मा नगरपालिका–५ बस्ने २६ वर्षीय विकु मगर र सोही नगरपालिकाको वडा नं १० बस्ने २५ वर्षीय उमेश क्षेत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

    बुटवलबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा ती युवा पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । प्रहरीले निजहरुको साथबाट ४६ एम्पुल फेनरागन, ४६ एम्पुल डाइजेपाम र ४६ थान नुरफिन गरी एक सय ३८ एम्पुल लागुऔषध बरामद गरेको छ ।