होटल शारा पोखरामा ५० प्रतिशत छुट, इन्फिनिटी स्विमिङ पुल, ज्याकुजी र साउनाको सुबिधा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    होटल शारा पोखरामा ५० प्रतिशत छुट, इन्फिनिटी स्विमिङ पुल, ज्याकुजी र साउनाको सुबिधा

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    पाेखरा : पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत पचास प्रतिशत छुटमा प्याकेज उपलब्ध गराएको छ । सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलमा डिलक्स, सुपर डिलक्स, स्विट र प्रेसिडेन्सियल स्विट रुम छन् ।

    प्राय रुममा बाथ टब र ज्याकुजी रहेको छ भने ग्राहकले रुफटपमा इन्फिनिटी पुलको मज्जा लिन सक्ने होटलको फ्रन्ट अफिस म्यानेजर सरिता गोलेले जानकारी दिइन्। बाल्कोनी र ज्याकुजी टब रहेको डिलक्स रुममा जोडिले बुकिङ गर्दा ब्रेकफास्ट सहित एक रातको सात हजारको प्याकेज जम्मा तीन हजार पाँच सयमा बुकिङ गर्न सकिने बताइएको छ ।

    ९८५६०१२१५१ मा फोन गरेर छुटमा प्याकेज बुक गर्न सकिन्छ । यो अफर सेप्टेम्बर ३१ सम्म लागू हुने बताइएको छ । होटलका बाथरुम जापानीज प्रविधिको वासलेट सिस्टम सहित निर्माण गरिएका छन् । साउनाको समेत सुबिधा भएको होटलमा साठी रुम र कन्फ्रेन्स हल समेत उपलब्ध छन् । लेकसाइडकै अग्लो भवनमा रहेकाले होटलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । होटलबारे थप जानकारी होटलको वेबसाईट hotelshaara.com मार्फत लिन सकिन्छ ।