बन्दिपुरमा विवेकशील साझाको समिति घोषणा, संयोजकमा लक्ष्मण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दिपुरमा विवेकशील साझाको समिति घोषणा, संयोजकमा लक्ष्मण

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    बन्दिपुर : विवेकशील साझा पार्टीले तनहुँको बन्दिपुरमा समिति घोषणा गरेको छ । बुधबार आयोजित भेलाले लक्ष्मण श्रेष्ठ संयोजक र रिस्ता श्रेष्ठ सहसंयोजक रहेको समिति घोषणा गरेको हो । समिति १२ सदस्यीय छ ।

    भेलामा पार्टीका केन्द्रीय सदस्य एवं उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले वर्तमान राजनीतिक पार्टीबाट देश विकास सम्भव नरहेकाले विवेकशील साझा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।

    कार्यक्रममा पार्टीका गण्डकी प्रदेश उपसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, श्रीकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशका अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विवेकशील साझा पार्टी तनहुँले जिल्लाभर सङ्गठन विस्तारको अभियान चलाएको जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिए ।