म्याग्दे : म्याग्दे गाउँपालिका-२ स्थित गुन्जरा निवासी ६ वर्षीय मिर्गौला पीडित प्रनिश सिन्जाली मगरको उपचारका लागि न्यू भिजन युवा क्लवले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेका बालकको उपचारका लागि क्लवले ३३ हजार सात सय ५० सहयोग गरेको हो । उक्त रकम मंगलबार क्लवका अध्यक्ष सन्दिप रानाभाटले पीडितका आफन्तलाई हस्तान्तरण गरे ।
पीडित बालकका लागि जामुने टोल विकास संस्था, भिरपानी सामुदायिक वन र जामुनेका वासिन्दाले सहयोग गरेका छन् । क्लव सामाजिक काममा सक्रिय छ ।