आँबुखैरेनी क्याम्पस प्रमुखद्वारा जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी क्याम्पस प्रमुखद्वारा जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७८, आईतवार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष ऋषि केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

    केसीले आइतबार आफ्नो जन्मदिनको अवसरमा क्याम्पसमा बिबिएस प्रथम वर्षका सर्वोत्कृष्ट विद्यार्थी मेलिना भट्टलाई छात्रवृत्ति प्रदान गरेका हुन् । उनले छात्रवृत्ति स्वरुप विद्यार्थीलाई दश हजार एक सय हस्तान्तरण गरेका छन् ।

    यसैबीच केहि दिन अघि पनि एक स्थानीयले जन्मदिनको अवसर पारेर क्याम्पसका दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवं लायन्स क्लव अफ अकलाका द्वितीय उपाध्यक्ष विमला देवकोटाले अमेरिकामा रहेका छोरा असिम देवकोटाको जन्मदिनको अवसरमा प्रथम वर्षमा अध्ययनरत छात्रा इन्दु अधिकारी र तृतीय वर्षका छात्रा केमिका श्रेष्ठलाई जनही दश हजार पाँच सय दशका दरले छात्रवृत्ति रकम प्रदान गरेकी थिइन् ।