अलस्टार फुटबल क्लबमा मुख्य र सहायक प्रशिक्षक नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अलस्टार फुटबल क्लबमा मुख्य र सहायक प्रशिक्षक नियुक्त

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७८, मंगलवार

    ऑबुखैरेनी : अलस्टार फुटबल क्लब आँबुखैरेनीले मुख्य र सहायक प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षकमा विकास श्रेष्ठ र सहायक प्रशिक्षकमा आश बहादुर गुरुङलाई नियुक्त गरिएको क्लबले जनाएको छ ।

    आँबुखैरेनीबाट स्थानीय खेलाडी उत्पादन गर्न र फुटबलमय आँबुखैरेनी होस् भन्ने हेतुले मुख्य प्रशिक्षक श्रेष्ठ र सहायक प्रशिक्षक गुरुङलाई पहिलो पटक २ महिनाको लागि मासिक तलब सहित नियुक्त गरिएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिए । क्लबमा महिला खेलाडी सहित २६ जना खेलाडीहरुले तालिम लिइरहेका छन् ।