म्याग्दे : नेकपा माओवादी केन्द्र म्याग्दे-१ को अध्यक्षमा युवा नेता अनिल अधिकारी चयन भएका छन् । मङ्गलबार भएको भेलाले अधिकारीको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो ।
भेलाले वडा कमिटी सचिवमा पवित्रा विकलाई चयन गरेको छ । वडा कमिटी १९ सदस्यीय रहेको छ ।
भेलालाई नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपानेले सम्बोधन गरेका थिए । सोक्रममा उनले माओवादी पार्टी सुदृढीकरणमा लागेको बताउँदै तल्लो तहदेखि नै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
नेकपा माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण अभियानलाई तीव्र पारेको छ । जिल्लाका ८५ वटै वडामा माओवादीले कमिटी गठन गरिरहेको छ ।