भानु युवा जागरण समूहको तदर्थ समिति गठन, संयोजकमा दिनेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु युवा जागरण समूहको तदर्थ समिति गठन, संयोजकमा दिनेश

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७८, आईतवार

    भानु : भानुका युवाहरुको भेलाले भानु युवा जागरण समूह गठन गरेको छ । नगरपालिकामा सञ्चालन हुने विकास निर्माण कार्यको अनुगमन गर्दै हुन सक्ने गलत कामको खबरदारी गर्न समूहको तदर्थ समिति गठन गरेको हो ।

    दिनेश विष्टको संयोजकत्वमा गठित समूहको सदस्यहरुमा सिंह बहादुर तामाङ, विनोद प्रसाद ओझा, नवराज जोशी, प्रकृति ढकाल, दिवस गोदार क्षेत्री, सन्जिब शिलवाल,,कृष्ण परिवार, प्रबिण बराल, ओम गुरुङ, हजरत अलिमिया, अमृत कुमार श्रेष्ठ र आसोला मास्की चयन भएका छन् ।

    त्यस्तै बिपीन खतिवडाको संयाजकत्वमा विधान मसौदा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बिनोद अर्याल, सुजन थपलिया, प्रकृति ढकाल र विनोद प्रसाद ओझा चयन भएका छन् ।

    यसैगरी उत्तम नौपाने, कृष्ण विलास पौडेल, दिवाकर पौडेल, शंकर अधिकारी र भोला थापा क्षेत्री सल्लाहकार समितिमा चयन भएका छन् ।