ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले मङ्गलबार भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ । पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन पॉच वडाका स्वास्थ्य केन्द्रमार्फत् खोप अभियान सञ्चालन हुन लागेको हो ।
ऑबुखैरेनी-१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्बर २ स्थित तिलबारी स्वास्थ्य केन्द्र, वडा नम्बर ३ स्थित ऑबुखैरेनी स्वास्थ्य चौकी, वडा नम्बर ४ स्थित ऑमडॉडा शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ६ स्थित प्युघर शहरी स्वास्थ्य केन्द्रमार्फत् खोप सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजन गैह्रेले जानकारी दिए ।
गाउँपालिकाले गत साउन १२ देखि १५ सम्म भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन गरेको थियो ।