ऑबुखैरेनी : नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल ऑबुखैरेनीको अध्यक्षमा हिमाल थापा क्षेत्री चयन भएका छन् । सोमबार सम्पन्न प्रथम सम्मेलनबाट क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।
सम्मेलनबाट उपाध्यक्षमा राम विक, हिमाल थापा मगर र सुजन गुरुङ, सचिवमा रमेश विक, सहसचिवमा प्रविण गुरुङ, किशोर केसी, होम राना र प्रविण विक र कोषाध्यक्षमा इन्द्राकुमारी भट्ट चयन भएका छन् ।
सम्मेलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले सम्बोधन गरेका थिए ।
नेकपा माओवादी केन्द्र तनहुँ यतिबेला सङ्गठन निर्माणमा जुटेको छ ।