‘उज्यालो अभियान’ मा अभियानको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘उज्यालो अभियान’ मा अभियानको साथ

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, मंगलवार

    आँबुखैरेनी : आँबुखैरेनीका युवा अभियान श्रेष्ठले दृष्टि युवा क्लबलाई सडकबत्ती सहयोग सहयोग गरेका छन् । आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष किसान थापाको रोहवरमा अभियानले क्लवका अध्यक्ष पवन नेपालीलाई २० थान ब्लब सहयोग गरेका हुन् ।

    क्लबको उज्यालो अभियान अन्तर्गत सडक बत्ती गत वर्षदेखि नै राखिएको भएतापनि वर्षात् र हावाहुरी लगायतका कारणले केही सडक बत्तीमा समस्या आएकाले श्रेष्ठले सडकबत्ती सहयोग गरेका हुन् ।

    आँबुखैरेनी–१ स्थित डुम्रीडाँडा र ढापगाउँ वरिपरि साँझको समयमा आवतजावत गर्न सहज बनाउनका लागि क्लवको कार्यलाई प्रोत्साहन गरेको श्रेष्ठले बताए । क्लवका अध्यक्ष नेपालीले चाड पर्व नजिकिँदै गएको अवस्थामा गाउँलाई उज्यालो र सुरक्षित बनाउन सडक बत्ती सहयोग गरेकामा श्रेष्ठलाई धन्यवाद व्यक्त गरे ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।