म्याग्दे : म्याग्दे गाउँपालिका-५ मा राष्ट्रिय युवा सङ्घ गठन गरिएको छ । शनिबार आयोजित भेलाले सागरराज शाहीको अध्यक्षतामा ८९ सदस्यीय कमिटी गठन गरेको हो ।
भेलाबाट उपाध्यक्षमा पूर्णबहादुर कुमाल, सचिवमा मनिषा कुमाल, सहसचिवमा गम्मर थापा र कोषाध्यक्षमा हेमबहादुर राना चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले तनहुँका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पार्टीलाई बलियो बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेकपा एमाले म्याग्दे इन्चार्ज रत्ना घिमिरे, म्याग्दे अध्यक्ष अध्यक्ष भिम बहादुर विक, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला संयोजक उज्वल खनाल, युवा संघ जिल्ला सचिवालय सदस्य सन्दिप रानाभाट, अनेमसंघ गण्डकी प्रदेश सदस्य सीतादेवी घिमिरे, नेत्र राज शाही लगायतले मन्तव्य राखेका थिए ।
युवा सङ्घले म्याग्देका विभिन्न वडामा कमिटी गठनलाई तीव्रता दिएको छ ।