केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि तार जडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि तार जडान

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७८, आईतवार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का सदस्य दिनेश केसीको पहलमा नाङ्गो तार विस्थापन अभियान सञ्चालन गरिएको छ । केसीको पहलमा विभिन्न नौ वटा टोलमा नाङ्गो तार हटाएर एबिसि केबल जडान कार्य भइरहेको हो ।

    तनहुँ हाइड्राेपावर लिमिटेड ग्रामीण विद्युतीकरण आयाेजनासँग समन्वय गरेर तार फेर्ने काम भइरहेको केसीले बताए । एक साताअघि देखि विभिन्न टोलमा एबिसी केबुल तार जडान कार्य भइरहेको र केही टोलमा जडान कार्य बाँकी रहेको उनले बताए ।

    नाङ्गो तारबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दिर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टोक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा एबिसि तार जडान भइरहेको छ ।