पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७८, मंगलवार

    आँबुखैरेनी : पहिराले अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ खण्ड एकतर्फी सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरा खस्दा सडक अवरुद्ध भएको थियो ।

    सडकमाथिबाट खसेको पहिराले अवरुद्ध भएको उक्त खण्ड पहिरा हटाएर एकतर्फी रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए। जेसीबीको प्रयोग गरी बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    फाइल फाेटाे