रिलायबल इन्स्योरेन्स आँबुखैरेनीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रिलायबल इन्स्योरेन्स आँबुखैरेनीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७८, मंगलवार

    ऑबुखैरेनी : रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाले चौथो वार्षिकोत्सव मनाएको छ । पॉचौ वर्ष प्रवेशको अवसरमी शाखाले श्री कृष्ण प्रणामी मन्दिर स्थित वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

    शाखा प्रमुख सुनिल श्रेष्ठ लगायत कम्पनीका अभिकर्ताहरुको उपस्थितिमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न सामाग्री अन्तर्गत १ बोरा चामल, ५ पोका तेल, २ पोका नुन, ५ किलो आटा, ६ दर्जन बिस्कुट, २ केजी चिनी, ३ किलो दाल वितरण गरिएको शाखा प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए ।