बन्दिपुर: नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत बन्दिपुरमा काङग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारी पक्षबीच भिडन्त हुने भएको छ । गाउँ कार्य समितिको सभापति पदका लागि पौडेल पक्षबाट वैश गुरुङ र भण्डारी पक्षबाट कर्ण खत्री सभापतिमा भिड्न सक्ने काङ्ग्रेस कार्यकर्तामाझ चर्चा चल्न थालेको छ ।
तनहुँमा निर्धारित मितिबाटै महाधिवेशन शुरु हुने भएपछि नेताहरु यतिबेला गाउँ केन्द्रित हुन थालेका छन् । वडास्तरमा हुने भेला तथा छलफलका कार्यक्रम बाक्लिन थालेको छ ।
गाउँ कार्यसमितिका हालका सचिव रहेका गुरुङले सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडी बढ्दै निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसलाई जिताउने उद्धेश्य सहित आफू सभापतिको उम्मेदवार हुन लागेको बताए ।