काङ्ग्रेस वडा अधिवेशन : आँबुखैरेनी–३ मा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    काङ्ग्रेस वडा अधिवेशन : आँबुखैरेनी–३ मा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७८, शुक्रबार

    आँबुखैरेनी : नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँपालिका–३ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । शुक्रबार आयोजित वडा अधिवेशनमार्फत् वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो ।

    वडा सभापतिमा मदनबहादुर खत्री, उपसभापतिमा कुमार थापा मगर र रामकुमारी थापा, सचिवमा प्रविन अधिकारी र भिजन श्रेष्ठ, सहसचिवमा शिशनराज त्रिपाठी र राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा भूगोल श्रेष्ठ र सदस्यहरुमा रमा श्रेष्ठ, विष्णुबहादुर केसी, बेलुमाया थापा, नारायण कार्की, राजेश परियार र मिनकुमार श्रेष्ठ चयन भएका छन् ।

    क्षेत्रीय प्रतिनिधिमा प्रत्यक्षतर्फ गिरबहादुर थापा, बाबुराम श्रेष्ठ, वंशीराम प्रधान, केशवनाथ खनाल, राजकुमार श्रेष्ठ, ऋषि केसी, एन्जिला कोइलारा, विमला कुंवर देवकोटा, कमला विक, जनजातितर्फ चिजा श्रेष्ठ, मन्जु राना थापा, रत्नकुमार श्रेष्ठ, तुलनारायण श्रेष्ठ, दलिततर्फ डा. रुपक विश्वकर्मा घिमिरे, खस आर्यतर्फ किशोर केसी र अपाङ्ग अल्पसङ्ख्यकतर्फ दिनेश कार्की चयन भएका छन् ।