एलआईसी नेपालद्वारा मृतक परिवारलाई दाबी भुक्त्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    एलआईसी नेपालद्वारा मृतक परिवारलाई दाबी भुक्त्तानी

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार


    म्याग्दे : लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेड एलआईसी दमौली शाखाले जीवन बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ ।

    म्याग्दे गाउँपालिका–४ थर्पुका बीमित एवं एलआइसी (नेपाल) का अभिकर्ता स्व. कुल बहादुर श्रेष्ठको परिवारलाई एक कार्यक्रमको आयोजना गरी बुधबार दावी रकम हस्तान्तरण गरिएको हो । मृतक श्रेष्ठले १५ वर्ष अघि २ लाखको जीवन आनन्द र २ वर्ष अगाडी एक लाखको जीवन बचत बीमा गरेका थिए । उक्त २ लाखको आजीवन बीमा चैतमा परिपक्क भएर उनले बीमाङ्क र बोनस प्राप्त गरेका थिए ।

    हाल उनको निधनपछि कम्पनीले ३ लाख १४ हजार दाबी भुक्तानी गरेको हो ।उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, एजेन्सी म्यानेजर बिन्दु कुमार श्रेष्ठ, अभिकर्ता ओमकार राज काफ्ले र म्याग्दे- ४ का वडा सदस्य दिपक कुमार श्रेष्ठले संयुक्त रुपमा स्व. श्रेष्ठकू धर्मपत्नी बेलीमाया श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । कुल बहादुर श्रेष्ठको गत जेष्ठ ८ गते निधन भएको थियो ।