काङ्ग्रेस म्याग्दे सचिवमा अधिकारी उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    काङ्ग्रेस म्याग्दे सचिवमा अधिकारी उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७८, शुक्रबार

    म्याग्दे : नेपाली काङ्ग्रेस म्याग्दे गाउँ समितिको सचिवमा युवा नेता सुन्दरमणि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार हुने अधिवेशनमा अधिकारीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    पार्टीमा युवाको आकर्षण बढाउन उम्मेदवार बन्न लागेको बताउँदै अधिकारीले जित्नेमा ढुक्क रहेको खबरपुञ्जसँग बताए ।

    थर्पु युवा क्लवको सचिव हुँदै अध्यक्ष भएका अधिकारी थर्पु बजार खानेपानी समितिको दुई कार्यकाल सचिव हुन् । मनपाङ जामुने नागरिक समाजको सदस्य, मिन माध्यमिक विद्यालय थर्पुको व्यवस्थापन समिति सदस्य भइसकेका उनी रत्न माध्यमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष हुन् ।

    नेपाल विद्यार्थी संघ तनहुँ कार्यसमितिको सदस्य, नेपाल विद्यार्थी संघ भानुभक्त बहुमुखी क्याम्पस इकाई सभापति हुँदै विद्यार्थी आन्दोलनका नेता एवं महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसको मीन मावि बुथ सचिव, लायन्स क्लव अफ तनहुँ म्याग्देका प्रथम उपाध्यक्ष, तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पुका बजार सचिव उनी युवामाझ लोकप्रिय छन् ।