म्याग्दे : नेपाल तरुण दल म्याग्दे-३ को आयोजनामा पसलेमा सञ्चालित व्याडमिन्टन प्रतियोगितामा वीरेन थापा र कामन थापाको जोडी प्रथम भएको छ । दशै तथा तिहारको अवसरमा आयोजित प्रतियोगितामा अमर लामा/निरु रानाको जोडी द्वितीय भएको छ।
प्रथम र द्वितीयले क्रमश: ८ हजार, पॉच हजार नगदका साथै प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । विजेतालाई काङ्ग्रेस म्याग्दे सचिव गौरवराज राना, तरुण दलका वडा सभापति राम घिमिरेले पुरस्कार वितरण गरेका थिए ।