दमौली : व्यास नगरपालिका–२ दमौली स्थित दमौली एफएमको स्टेशन म्यानेजरमा अमरराज नहर्की नियुक्त भएका छन् । तनहुँ सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो एफएममा नहर्कीले कार्यभार समेत सम्हालेका छन् ।
सहकारीका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको स्टेशन म्यानेजरमा नहर्कीलाई नियुक्त गरेको हो ।
पत्रकार नहर्की दुई दशक अघि देखि सञ्चार क्षेत्रमा काम गर्दै आएका छन् । नहर्कीको छापा तथा रेडियो दुवै माध्यमा अनुभव छ । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाताको रुपमा कार्यरत छन् भने ६ वर्ष सम्म रेडियो बन्दीपुरको स्टेशन म्यानेजरको रुपमा काम गरेको अनुभव रहेको छ । नहर्की प्रेस युनियन तनहुँको अध्यक्ष हुन् ।