वनमन्त्री थापाद्वारा च्यवनधामको अवलोकन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वनमन्त्री थापाद्वारा च्यवनधामको अवलोकन

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, मंगलवार

    दुलेगाैडा : गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा मगर सहितको टोलीले गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अवलोकन भ्रमण गरेको छ ।

    शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा मिनी मुक्तिनाथको उपमा पाएको च्यवनधाममा मन्त्री थापाले सोमबार अवलोकन भ्रमण गरेका हुन् । मन्त्री थापाले च्यवनधाम धार्मिक पर्यटनको अनुपम उदाहरण भएको बताए ।

    च्यवनधाम व्यवस्थापन समितिका सचिव दुर्गादत्त सापकोटाले धामको स्वामित्वमा रहेको जग्गा र भौतिक संरचनाहरूको संरक्षणका लागि घेरावार आवश्यक भएको भन्दै सहयोग गर्न मन्त्री समक्ष आग्रह गरे ।

    जवाफमा मन्त्री थापाले कम्पाउण्ड लगाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे। मन्त्री थापा सहित प्रदेशसभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले लगायतले धामको भ्रमण गरेका हुन् । छोटो अवधिमा उल्लेख्य प्रगति भएको भन्दै उनीहरूले स्थानीयको प्रंशशा गरे ।

    च्यवनधाममा रहेका शुक्लेश्वर महादेवको मन्दिर, बौद्व च्यवन गुम्बा, अन्नपूर्ण हिमश्रृंखलाको कृत्रिम संरचना, १०८ पिपल सहितको हरित पार्क लगायतका संरचनाले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । धाममा हाल वृद्ध आश्रम संचालनका लागि मानवता नेपाल नामक गैरसरकारी संस्थाले भवन निर्माण तथा मर्मतको काम गरिरहेको छ ।

    मिलेनियम ट्रेकको प्रवेशद्धारमा रहेको च्यवनधाम पर्यटकीय सम्भावनाले भरिपुर्ण छ । पछिल्लो एक दशकको अवधीमा स्थानीबासीको सक्रियताले च्यवनधाम चम्किएको छ ।