भानु : भानु नगरपालिकाले बिना प्रतिस्पर्धा कृषि सामग्री सोझै खरिद गरेको छ । सोझै विधिबाट पटक-पटक खरिद गरेको कार्य नियम सम्मत नदेखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
नगरपालिकाले १४ लाख ५५ हजार आठ सय ५७ को सामग्री तथा खरिदको लागत अनुमानलाई पॉच लाखमा नघटाई पटक पटक विभिन्न मितिमा खरिद गरेको छ । पॉच लाख भन्दा बढीको खरिद कार्य गर्दा एउटै प्याकेज बनाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ अनुसार सिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद कार्य गर्न सकिनेमा सोझै खरिद कार्य गर्नु नियम सम्मत नदेखिएको मलेपको ठहर छ ।
भानुले कृषितर्फ पशु सामग्री, औषधि खरिदमा चार लाख ९९ हजार ९ सय ६७, केराउको बीउ खरिदमा चार लाख ५९ हजार ९० र तनहुँ बीज भण्डारबाट चार लाख ९६ हजार आठ सयको सामग्री खरिद गरेको छ।