दमौली : नेकपा एकीकृत समाजवादी तनहुँले जिल्लास्तरीय सभा आयोजना गर्ने भएको छ । पार्टी दर्ता भएपछि पहिलो पटक नेकपा एसले तनहुँमा सभा गर्न लागेको हो ।
दशैको अवसर पारेर असोज २३ गते शनिबार सभा गर्न लागिएको छ । सभालाई नेकपा एसका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठ, केन्द्रीय सचिव रामकुमारी झाक्री, गण्डकी अध्यक्ष तुलबहादुर गुरुङ, सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लगायतले सम्बोधन गर्ने भएका छन् ।
एक हलमा हुने कार्यक्रमलाई नेकपा एसको शक्ति प्रदर्शनको रुपमा समेत हेरिएको छ।