उस्मानको स्मृतिमा पराशर माविमा ५० हजारको छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    उस्मानको स्मृतिमा पराशर माविमा ५० हजारको छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, बुधबार

    दमौली : शुक्लागण्डकी नगरपालिका-५ निवासी स्व. उस्मान अलीको स्मृतिमा व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा ५० हजारको छात्रवृत्ति कोष स्थापना गरिएको छ।

    उस्मानको उपचारका लागि अष्ट्रेलियामा सङ्कलन गरिएको रकमबाट पराशर माविमा छात्रवृत्ति कोष स्थापना गरिएको हो । उस्मानको उपचारका क्रममा निधन भएको थियो ।

    उस्मान फाउण्डेशनको तर्फबाट सलिम मियॉ र सुदिप मियॉले उक्त रकम बुधबार विद्यालयलाई हस्तान्तरण गरेका छन् । छात्रवृत्ति कोषबाट विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीलाई सहयोग गरिने विद्यालयका सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले जानकारी दिइन् ।