काठमाडौं : नेकपा एकीकृत माओवादीले आफ्नो भागमा परेका बाँकी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ । माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेका हो ।