दमौली : बन्दिपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कार पत्रकार मदन वाग्लेलाई प्रदान गरिएको छ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार प्रादेशिक खबर दैनिकका सम्पादक वाग्लेलाई प्रदान गरिएको हो।
पर्यटकीय नगरी बन्दिपुरमा निर्माणाधीन बन्दिपुर केबलकार परियोजनाको प्रचारप्रसारमा सहयोग पुर्याए बापत साधारणसभाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वाग्लेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
उक्त पुरस्कारको राशी एक लाख बराबरको शेयर छ । उक्त पुरस्कार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले हस्तान्तरण गरे ।
यसअघि उक्त पुरस्कार पहिलो पटक पत्रकार कृष्ण न्यौपानेले पाइसकेका छन् । पुरस्कार वितरणका लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा शिवप्रसाद शर्मा र कृष्णराज अधिकारीको छनौट समिति गठन भएको थियो ।