मन्त्रालय भागबण्डामा माधवको असन्तुष्टि, मन्त्री नियुक्तिमा अलमल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रालय भागबण्डामा माधवको असन्तुष्टि, मन्त्री नियुक्तिमा अलमल

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७८, बिहीबार

    काठमाडौ : मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् ।

    काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए । गठबन्धनको बैठकपछि आफ्नो पार्टीको बैठकमा पनि नेपालले केही विषय मिलाउन बाँकी रहेको बिफ्रिङ गरेका थिए । 

    मंगलबार अघि नै ६ जनालाई मन्त्री बनाउने बचन दिएका नेपाल यतिबेला सकसमा छन् । एकीकृत समाजवादी स्रोतका अनुसार नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठलाई  मन्त्री बचन दिएका थिए ।

    अब चार मन्त्रालय मात्र पाउने भएपछि दुई जना मन्त्री नबन्ने अवस्था आएको छ । अब कसलाई रोक्ने भन्नेमा नेपाललाई अप्ठ्यारो देखिएको नेताहरुको भनाइ छ । माधव नेपालले यस विषयमा गठबन्धनका शीर्ष नेतासँग छलफल गर्न खोजेको प्रधानमन्त्रीको सचिवालयले रातोपाटीलाई जानकारी दियो । मन्त्रीको नियुक्तिअघि गठबन्धनको शीर्ष नेताबीच छलफल बस्ने तयारी छ । (रातोपाटी)