दमौली : लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँले भानु नगरपालिका-६ स्थित कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लवले विद्यालयमा अध्ययनरत १५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको लियो क्लवका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । उनका अनुसार १५ थान झोला, दश दर्जन कापी, दश थान कलम र १५ थान पोशाक वितरण गरिएको छ ।
लायन्स क्लव ३२९२ वि १ का निवर्तमान गभर्नर अशोककुमार श्रेष्ठले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।