दमौली : जनता समाजवादी पार्टी तनहुँले सङ्गठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान चलाउने भएको छ । बिहीबार दमौलीमा बसेको केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्लाको नेताहरुको बैठकले ‘सुज’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सो बमोजिम कात्तिक १३ गते अभियानको शुभारम्भ गरिने केन्द्रीय सदस्य देवेन्द्र थापाले जानकारी दिए । बैठकलाई पार्टीका कार्यकारी समिति सदस्य हिसिला यमीले सम्बोधन गरेकी थिइन् ।