दमाैली : लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेड एलआईसी दमौली शाखाले जीवन बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । म्याग्दे गाउँपालिका–३ पसलेका बिमित स्व. मीन बहादुर राना मगरको परिवारलाई एक कार्यक्रमको आयोजना गरी बिहीबार दावी रकम हस्तान्तरण गरिएको हो ।
मृतक रानाले १३ वर्ष अगाडी १ लाख ५० हजारको सावधिक जीवन बीमा गरेका थिए । उनकाे निधनपछि कम्पनीले २ लाख ६६ हजार आठ सय ५० रुपैयाँ दावी भुक्तानी गरेकाे हाे । उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, वरिष्ठ अभिकर्ता मालती राना र अभिकर्ता प्रतीक्षा तिमिल्सिनाले संयुक्त रुपमा स्वर्गीय रानाकी धर्मपत्नी मनमाया राना मगरलाई हस्तान्तरण गरेका हुन । मिन बहादुर रानाको २०७८ जेष्ठ १४ गते निधन भएकाे थियाे ।
यसैगरी कम्पनीले व्यास-१ भादगाउँका बीमित स्वर्गीय विनाेद शर्मा वाग्लेकाे परिवारलाई बिहीबार दावी रकम हस्तान्तरण गरेकाे छ । मृतकले १९ वर्ष अगाडी १लाखकाे सावधिक बीमा गरेका थिए । उनकाे निधनपछि कम्पनीले हाल २ लाख १४ हजार तीन सय रुपैयाँ हस्तान्तरण गरेकाे छ ।
उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, एजेन्सी म्यानेजर रिमा आले र अभिकर्ता इन्दिरा दरौले संयुक्त रुपमा वाग्लेकी धर्मपत्नी अस्मिता घिमिरेलाई हस्तान्तरण गरेका हुन । वाग्लेकाे २०७७ फागुन २९ गते निधन भएकाे थियाे ।