किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७८, बिहीबार

    दमाैली : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने टुङ्गो लागेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रेष्ठलाई उक्त मन्त्रालय दिने टुङ्गो लागेको हो ।

    यसअघि उद्योगमन्त्री बन्ने चर्चा रहेपनि उद्योग मन्त्रालय नेकपा एसको भागमा नपरेपछि श्रेष्ठलाई सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

    नेकपा एसले चार मन्त्रालय पाउने भएको छ । त्यसमध्ये रामकुमारी झाक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई शहरी विकास र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।