कान्तिपुर मलमा चाडपर्व लक्षित छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कान्तिपुर मलमा चाडपर्व लक्षित छुट

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७८, शुक्रबार

    काठमाडौ : दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर आफ्ना ग्राहकहरुलाई कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ।यसको प्रभाव व्यापारमा देखिन थालेको कान्तिपुर मलका व्यवसायीहरु बताउँछन् ।

    चाडवाड नजिकिदै जादा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलमा बेग्लै रौनकता छाएको छ। मलको चारै कुना सिगारिएको छ । त्यस्तै कान्तिपुर मलले दशै,तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना पनि ल्याएको छ। कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

    उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।

    यसैगरी,कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्यबाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार (गिफ्ट ह्यम्पर) प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला बताउँछन् ।

    टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ।

    कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी प्रेम पौडेलले बताए ।

    कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालले बताए ।

    सुहाउँदो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु कान्तिपुर मलको मुल ध्येय रहेको कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउँछन् ।

    कान्तिपुर मलमा ग्राहकहरुको भिड बढ्न थालेको र चाडपर्वको रौनकता देखिन थालेको छ।