वैदेशिक रोजगारीका पीडा सम्बोधनमा लाग्ने श्रम मन्त्री श्रेष्ठको वचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैदेशिक रोजगारीका पीडा सम्बोधनमा लाग्ने श्रम मन्त्री श्रेष्ठको वचन

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७८, शुक्रबार

    काठमाडौँ : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले कोरोनाका कारण नेपालको श्रमिक जगतले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।

    शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कोरोनाका कारण वैदेशिक रोजगारमा गएका र नेपालमा रहेका श्रमिकहरुको रोजगार खोसिएको भन्दै सरकारले श्रमिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका हुन् ।

    उनले  विश्वभर फैलिएको कोरोनाका कारण श्रमिकको रोजगार खोसिएको र बिदेशमा जाने कामदारको अवस्था दयनीय रहेको पाइएको धारणा राखे । नेपाली श्रमिकको अवस्थालाईमाथि उठाउन पनि आफू प्रतिबद्ध रहेको उहाको भनाइ छ ।

    मन्त्री श्रेष्ठले मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि सबै कर्मचारीको सहयोगमा नै अघि बढ्ने जिकिर गरे।