दमौली : नेकपा एकीकृत समाजवादी पार्टीले दशैको अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । पार्टी गठन भएपछि पहिलो पटक नेकपा एसले ठूलो कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न शहरी विकास मन्त्री रामकुमारी झॉक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान जिल्ला आउँदैछन्। कार्यक्रमलाई सो पार्टीका केन्द्रीय स्तरका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।