दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) गृहजिल्ला तनहुँ प्रवेश गरेका छन् । मन्त्रीमा नियुक्त भएपछि श्रेष्ठ शनिबार गृहजिल्ला आएका हुन् ।
मन्त्री श्रेष्ठलाई मुग्लिङबाट नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गरेर दमौली ल्याएका छन् । मन्त्री श्रेष्ठलाई घॉसीकुवामा नेकपा एसका जिल्लास्तरीय नेताले स्वागत गरेका थिए । पार्टीले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।