मन्त्री श्रेष्ठको गर्जन, ‘नेपालीलाई विचल्ली पार्ने दलालहरु होसियार रहनु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री श्रेष्ठको गर्जन, ‘नेपालीलाई विचल्ली पार्ने दलालहरु होसियार रहनु’

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७८, शनिबार

    तनहुँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको वहानामा विदेश लगेर विचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् ।

    मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृहजिल्ला आएका मन्त्री श्रेष्ठले गर्जदै भने, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेश लाने वाहनामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखी विचल्ली पार्ने धेरै सुनेका छौँ । खबरदार ! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार १ अब त्यस्ता दिन आउने छैन् ।’ सोजासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उनको दाबी छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाई छ । उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि त झन विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष गर्न समेत भ्याए ।

    उनले पदको लागि नभएर आफुले सर्वोच्च अदालतको सम्मानका गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए । अगाडी थप्दै भने, ‘विश्वासको मत दिदाँ किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो रु’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनले उल्लेख गरे ।

    नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँ तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याबिनेट मन्त्री भईन्छ भने किन नहुने भन्दै प्रश्न गरे । ‘क्याबिनेट मन्त्री हुदाँ कल्ले हुन्न भन्छ र रु मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो । तर मन्त्री खान गएको हैन् । मन्त्री पद नै पछी लाएर आएपछि के गर्ने ?’, उनको भनाई थियो । केपी ओलीको प्रवृत्तिको बिरुद्धमा विद्रोह गर्नुपर्ने स्थिती आएको उनले दाबी गरे ।