मन्त्री श्रेष्ठलाई दमौली इकाईको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री श्रेष्ठलाई दमौली इकाईको सम्मान

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७८, आईतवार

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले सम्मान गरेको छ । इकाईले आइतबार सचिवालयमा पुगेर मन्त्री श्रेष्ठलाई सम्मान गरेको हो ।

    इकाई सभापति भूपाल आलेले मन्त्री श्रेष्ठलाई खादा लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीको हकहितका लागि कार्यक्रम सञ्चालन गर्ने बताए ।