दुई दिनमै पदत्याग, विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुई दिनमै पदत्याग, विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७८, आईतवार

    काठमाडौं : दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

    प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

    आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।